सभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्न ७ सांसद मनोनित


काठमाडौं — प्रतिनिधिसभा बैठकमा सभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्नका लागि विभिन्न दलबाट ७ सांसद मनोनीत भएका छन् ।

निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले उनीहरूलाई नियुक्त गरेको जानकारी गराएका हुन् ।

नियुक्त भएका सांसदहरूमा ईश्वरी न्यौपाने, चन्दा कार्की, देवराज घिमिरे, प्रतीक्षा तिवारी मुखिया, बुद्धिमान तामाङ, रामकृष्ण यादव र सुशीला श्रीपालि ठकुरी रहेका छन् ।

प्रतिक्रिया