पिपलडाँडाबाट हुँगी जाँदै गरेको ट्र्याक्टर दुर्घटना, १ को मृत्यु, ४ घाइते


पाल्पा- रम्भा गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।

रम्भा गाउँपालिका–१ हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको लु ४ त ७९१६ नम्बरको ट्याक्टर आइतबार साँझ दुर्घटना भएको हो।

घाइते विशालको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि लैजाँदा चिकित्सकले गएराति मृत घोषणा गरेको डीएसपी थापाले बताए।

ट्र्याक्टर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया