ओली उल्टो बाटो हिँड्न लागेका छन्ः नेता पाण्डे


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली उल्टो बाटो हिँड्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार माइतीघर मण्डलामा आयोजित प्रचण्ड–माधव समूहको धर्नालाई सम्बोधन गर्दै नेता पाण्डेले राजावादीहरुको भीडमा बसेर ओलीले हिन्दु राज्य बनाउने कोसिस गरेको बताएका छन् ।

नेता पाण्डेले प्रधानमन्त्री ओलीले पशुपतिमा पूजा गर्नु, चितवनमा राम मन्दिर बनाउने घोषणा गर्नु हिन्दू राष्ट्र घोषणा गर्ने लक्षण भएको बताएका छन् । पाण्डेले ओलीले धर्मको मुद्दा उठाएर राजनीति गर्न खोजेको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया