कांग्रेसले प्रतिपक्षमा रहेर रचनात्मक काममा लाग्छ : प्रदीप पौडेल


काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले पार्टीे अब प्रतिपक्षमा रहेर रचनात्मक काममा लाग्ने बताएका छन् ।

आज (शनिबार) सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा अब कांग्रेसले प्रतिपक्षमा रहेर कसरी रचनात्मक भूमिका निर्वाह गर्न सक्छ भनेर छलफल भएको उनले बताए ।

बाहिर आएको हल्ला जस्तो सरकार बनाउने वा ढलाउने प्रक्रियामा कांग्रेस नलाग्ने पनि उनले बताए । संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा मात्रै छलफल भएको नेता पौडेलले बताए । नयाँ विषयले बैठकमा प्रवेश नपाएको उनको भनाइ छ ।

प्रतिक्रिया