

कांग्रेस संसदीय दलको बैठक सिंहदरवारमा सुरू

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।
सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा शनिवार दिउँसो साँढे १ बजेबाट बैठक सुरु भएको हो ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन नदिनेलगायत समसामयीक विषयमा छलफल हुने जनाइएको छ ।

