सुनचाँदीको बढ्यो मुल्य, आज कतिमा हुँदैछ काराेबार ?


काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ पर्नेछ । यसअघि प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज भने १०० रुपैयाँ बढेको हो ।

सोही परिमाणको तेजावी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ । यता, चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँले बढेको छ ।

हिजो शुक्रबार तोलामा एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार ३२० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया