चुनावका बेला झडपमा मारिएका सञ्जिव र चेतनदीपलाईको परिवारलाई १०/१० लाख दिइने


काठमाडौं — सरकारले गत मंसिर ४ गते सम्पन्न निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै बाजुराका सञ्जिव अएडी र चेतनदीप अएडीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

मृतकको परिवारलाई १०–१० लाख आर्थिक सहयोग दिने उपप्रधान तथा अर्थमन्त्री एवं सरकारका प्रवक्ता विष्णु पौडेलले बताए ।

यस्तै कम्बोडियामा मृत्यु भएका निराकर पाण्डेको शव ल्याउन पहल गर्ने र लागेको खर्च सरकारले नै व्यहोर्ने उनले बताए ।

प्रतिक्रिया