सन्दीपको पुनरावेदनको पेशी आज, बज्राचार्य र भण्डारीको इजलासमा सुनुवाइ हुँदै


काठमाडौं – बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेशी आज तोकिएको छ। न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारीको इजलासमा पेशी चढेको छ।

यसअघि पुस १४ गते तोकिएको पेशी हेर्न नभ्याउने भन्दै आजलाई सारिएको थियो। न्यायाधीश सुभाष पौडेल र किरण कुमार पोखरेलको इजलासमा पेशी चढेको थियो।

उच्च अदालत पाटनमा आज सन्दीपको पेशीमा बहस सकिएको खण्डमा आदेश आउने सम्भावना देखिएको छ। आदेशको आधारमा सन्दीप जेलभित्र नै बसेर मुद्दा लड्ने, साधारण धरौटीमा रिहा हुने वा धरौटीमा रिहा हुने छ। जिल्ला अदालत काठमाडौंको आदेश सदर भएमा उनी जेलमा नै बस्ने छन्।

जिल्ला अदालत काठमाडौंले पीडित किशोरीको उमेरको लागि अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र मगाउन आदेश दिएको थियो। गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो।

प्रतिक्रिया