


नेकपा विवादः प्रचण्ड–नेपाल आज पुनः माइतीघर धर्नामा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड– नेपाल समूहले तेस्रो चरणको आन्दोलन गर्दै आएको छ । प्रतिनिधिसभा विघटनविरूद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपाको उक्त समूहले आइतबार अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालसहित माइतीघरमण्डलामा धर्नामा बस्ने भएको छ ।
प्रतिनिधिसभा भंग गराइएपछि प्रधानमन्त्री ओलीविरूद्ध पुस ५ यता आन्दोलित दाहाल(नेपाल समूहले काठमाडौँमा माघ २८ मा ‘बृहत शक्ति प्रदर्शन’ को तयारी गरेको छ ।
कार्यकर्ताको ध्यान केन्द्रित गर्न देश दौडाहामा रहेका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसहितका शीर्ष नेता आज माइतीघरमा हुने धर्नामा सहभागी हुँदैछन् ।
प्रतिनिधिसभा विघटनपछि बैधानिकरूपमा मात्र एक देखिएका नेकपाका दुबै समूहले एक अर्कालाई कारबाही गर्दै अघि बढेका छन् ।

