गृहमन्त्री र ७७ जिल्लाका सिडिओबीचको छलफल सुरु


काठमाडौं — उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने अहिले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सुरक्षा निकायका अधिकारीहरुसँग छलफल गरिरहेक छन् ।

भर्चुअल माध्यमबाट सुरु भएको बैठकमा अहिले ७७ जिल्लाका सिडिओका साथै जिल्ला सुरक्षा समितिका प्रमुखहरुसँग जिल्लाको शान्ति सुरक्षाका साथै अन्य विषयमा छलफल अहिले ९ बजेदेखि सुरु भएको गृहमन्त्री सचिवालय सदस्यले जनाएका छन ।

गृहमन्त्रालयको कार्यकक्षबाटै भर्चुअलरुपमा सुरु भएको बैठकमा जिल्लाको शान्ति, सुव्यबस्था, सीमा, भ्रष्टाचार अन्त्यको पहललगायतका बिषयमा छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया