प्रदेश १ मा सरकार गठनका लागि आह्वान, पुुस २४ गतेसम्म दाबी पेश गर्नुपर्ने


विराटनगर – प्रदेश-१ को सरकार गठनका लागि पुस २४ गतेसम्म दाबी पेस गर्न आह्वान गरिएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले  पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरिएको हो। संविधानको धारा १६८ को उपधारा  १ मा एकल बहुमतको सरकार बनाउने व्यवस्था छ। तर  मुख्यमन्त्री नियुक्तका लागि प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेका छैनन्। त्यसैले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको छ।

Pradesh_1_CM_awhan1672558071.jpg

प्रतिक्रिया