प्रदेश १ सधैं पहिलो: नयाँ प्रदेशसभाको पहिलो संसद बैठक आज


मोरङ – प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज आइतबार बस्दैछ ।

४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चयन भएका सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।

त्यस्तै, प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने उल्लेख छ ।

यसपटकको प्रदेशसभामा निर्वाचनमा निर्वाचित भइसकेपछि सबैभन्दा पहिले संसद बस्न लागेको प्रदेश नं. १ मा नै हो ।

प्रतिक्रिया