

आजको मौसम पूर्वानुमान : केही स्थानमा हिमपातको सम्भावना

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । आज सामान्यतया मौसम सफा रहने भएपनि केही स्थानमा हल्का हिम्पातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल देशको केही पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ साथै तराईका केहि भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यसैगरी, आज दिउँसो प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
यस्तै, राति प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

