

सशस्त्र प्रहरीद्वारा युरेनियमसहित तीनजना पक्राउ

काठमाडौं – सशस्त्र प्रहरी बलले बारा जिल्लाबाट दुई किलो युरेनियमजस्तो देखिने पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ।
सशस्त्रको इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा १२ नम्बर गण बारामातहत सुरक्षाबेस जितपुरले उनीहरूलाई शनिबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जितपुर उपमहानगर पालिका-५ का अन्दाजी २९ वर्षीय रवि चौधरी, सोही ठाउँका ३० वर्षीय सागर चौधरी र माधवनारायण नगरपालिका-२ रौतहटका २२ वर्षीय बृज सहनी छन्।
उनीहरूलाई सशस्त्र प्रहरी बलले जितपुरस्थित आदित्य होटेलको कोठा नम्बर ४ बाट पक्राउ गरेको हो। पक्राउ परेकालाई सो पदार्थसहित थप अनुसन्धानका लागि स्थानीय प्रहरीमा बुझाएको छ।

