कपिलवस्तुबाट ४५ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ


काठमाडाैं – लागूऔषध (ब्राउन सुगर)को ओसापसारमा संलग्न एक युवक पक्राउ परेका छन्।

४५ ग्राम ब्राउन सुगरसहित कपिलवस्तुको कृष्णनगर नगरपालिका १२ बस्ने दुर्गाप्रसाद खटिकलाई प्रहरीले कृष्णनगर १२-हरिगवाबाट पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुका इन्सपेक्टरका शैलेन्द्र पाण्डे र प्रहरी चौकी बेदर्मीबाट प्रहरी सहायक निरीक्षक अजयकुमार गुप्ताको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

लु ७६ प ३६८४ नम्बरको मोटरसायकलमा सवार खटिकमाथि चेकजाँच गर्दा खैरो हेरोइन बरामद भएको इन्सपेक्टर पाण्डेले बताए।

प्रतिक्रिया