‘केपी शर्मा ओलीको नाम इतिहासको पानाबाट हट्नेछ’


काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम इतिहासको पानाबाट हट्ने टिप्पणी गरेका छन् ।

बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्ने काम अलोकतान्त्रिक र असंवैधानिक रहेको बताउँदै जनताको हक अधिकार खोस्ने पंक्तिमा प्रधानमन्त्रीको नाम रहने दाबी गरे ।

शहीद दिवसका अवसरमा प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार कांग्रेसले काठमाडौंको शान्तिबाटिकामा आयोजित कार्यक्रममा बोल्दै त्यस्तो बताएका हुन् । ‘नेपालको इतिहासमा केपी ओलीको नाम लेखिनेछैन् । नेपाली जनताको अधिकार खोसिनेहरूको पंक्तिमा भेटिनेछ ।’ उनले भने ।

त्यस्तै संसद विघटनविरुद्ध कांग्रेसका केही नेताहरूको नीति स्पष्ट नभएका कारण जनताहरू अल्मलिएको बताए । पद पाउने कुरामा कांग्रेसका केही नेताहरु लागेको आरोप लगाउँदै लड्डु कांग्रेसको संज्ञा दिएका छन् । थापाले प्रधानमन्त्री ओलीको ‘निरंकुश’ कदममा केही ‘लड्डु कांग्रेस’ले साथ दिएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया