

प्रधानमन्त्रीकाे गृहनगर पुगेर प्रचण्डले भने – संसद बिघटनप्रति गाउँगाउँबाट बिराेध गर्नुहाेस्

काठमाडौं – नेकपा दाहालनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्ध लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बिराटनगरमा हुने सभालाई सम्बोधन गर्न जाने क्रममा झापाको दमकमा कार्यकर्ताहरुसंगको भेटघाटमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनको कदमप्रति गाउँगाउँबाट बिराेध गर्न आग्रह गरे ।
पार्टी राजनीतिक रुपमा बिभाजन भएपछि पहिलो पटक प्रधानमन्त्रीको गृहनगर दमक आएका प्रचण्डलाई कार्यकर्ताले स्वागत गरेका थिए । नेकपाका नेता रबी बस्नेतले प्रचण्ड बिराटनगरमा हुने कार्यक्रममा सहभागी हुन भद्रपुर बिमानस्थल हुँदै दमक आएका जानकारी दिए ।

