

ओली समूहले छलफल सिध्यायो, प्रचण्ड समूहले माग्यो समय, ‘आधिकारिकता टुंगिसक्यो’

काठमाडौं– निर्वाचन आयोगले चुनाव प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न बोलाएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले छलफल सकेको छ।
निर्वाचन प्रयोजनसम्बन्धी विषयमा कुराकानी भएको शुक्रबार छलफलपछि नेकपा नेता सुवास नेम्वाङले जानकारी दिए। उनले भने,‘पत्रमा हामीलाई जुन विषयका लागि छलफलमा बोलाइएको थियो, त्यहि विषयमा कुराकानी भए।’
सो क्रममा पत्रकारले नेकपाको ओली वा पुष्पकमल दाहाल प्रचण्ड समूह कुन आधिकारीक भन्ने प्रश्न गरेपछि नेम्वाङले भने,‘आधिकारिकता टुंगिसकेको छ।’
यसैबीच, प्रचण्ड–मावधकुमार नेपाल समूहले पनि उक्त छलफल सार्नका लागि आयोगलाई पत्र बुझाएको छ।
अध्यक्षद्धय माधवकुमार नेपाल र प्रचण्ड १८ माघसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको र आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले शुक्रबारको छलफलमा सहभागी हुन नसक्ने पत्र बुझाएको हो।
लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोगमा पुगेर १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न अनुरोध गरेको पत्र बुझाएर फर्किएका छन् ।

