थली-साँखु सडक संघर्ष : पीडितलाई कुन्ती पोखरेलको साथ


काठमाडाैं – थली–साँखु सडक खण्ड पीच गर्न माग गर्दै स्थानीयले गरेको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्तीदेवी पोखरेल पनि सहभागी भएकी छन् । कागेश्वरी मनोहरा नगरपालिका-५ का स्थानीयले तीन दिनदेखि थली-साँखु सडक पीचको माग गर्दै बाटो अवरुद्ध गरेका हुन् ।

‘सडक पीडित जनता’को नाम गरिएको विरोधमा पोखरेलले समर्थन गर्दै उनी जनतासँगै सडकमा उत्रिएकी हुन् । थली-साँखु सडक २२ गतेदेखि सडक कालोपत्र गर्ने भनिएको थियो । तर, ठेकेदारले भनेको समयमा काम शुरू नगरेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

ठेकेदारले सडक पीच गर्ने सामान ल्याएमा बन्द गरिएको बाटो खोल्न स्थानीय तयार रहेको पोखरेलले बताइन् ।
राप्रपा नेतृ पोखरेल प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं-२ बाट पराजित भएकी थिइन् । थली-साँखु सडक काठमाडौं क्षेत्र नम्बर–२ मा पर्छ ।

प्रतिक्रिया