ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु


धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा  कञ्चनपुरको कृष्णपुर–८ राजघाटका २३ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो ।

चौधरीले चलाएको से–७प ७७९३ नम्बरको  मोटरसाइकल सोही दिशातर्फ रोकेको सुपप्र ०१–००२ त ६४६४ नम्बरको ट्रयाक्टरसँग ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जोशीले बताए । उनको शव परीक्षणका लागि सेतीको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया