

अर्जेन्टिनासँग पराजित भएसँगै नेदरल्याण्ड्सका प्रशिक्षकले दिए राजीनामा

काठमाडौं – कतार विश्वकपमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएसँगै नेदरल्याण्ड्सका मुख्य प्रशिक्षक लुइस भान गालले राजीनामा दिएका छन्। शुक्रबार भएको खेलमा इन्ज्युरी समयको अन्तिम मिनेटमा डच टोलीले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। रोमाञ्चक खेलमा नेदरल्याण्ड्स अर्जेन्टिनासँग पराजित भयो। अन्तिम ८ बाटै बाहिरिएपछि नेदल्याण्ड्सका मुख्य प्रशिक्षकले राजिनामा दिएका हुन्।
भान गालको नेतृत्वमा नेदरल्याण्ड्सले २० खेलमा १४ जित र ६ खेलमा बराबरीको गरेको थियो।

