बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा


बार्सिलोना – जितसँगै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको खेलमा रायो भालेकानोलाई २-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी र फ्रान्की डि जोङले गोल गरे । भालेकानोका फ्रान्सिस्को गार्सियाले सान्त्वना गोल गरे । तीनवटै सबै गोल मध्यान्तरपछि भएका हुन् ।

कोपा डेल रे कै अन्य खेलहरुमा सेभिल्लाले भ्यालेन्सियालाई ३–९ ले हाराएको छ । अल्मेरियाले ओसासुनालाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको छ । एजेन्सी

प्रतिक्रिया