अवहेलनाका पाँच मुद्दा न्यायाधीश शर्माको इजलासमा सुनुवाई हुँदै


काठमाडौ – सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी पाँच वटा मुद्दाको आज सुनुवाई हुने भएको छ । अदालतको अवहेलनासम्बन्धी पाँच वटा मुद्दा न्यायाधिश डा. मनोजकुमार शर्माको इजलासमा परेको छ ।

प्रधानमन्त्री, चार जना पूर्वप्रधानन्यायाधीस र एकजना पूर्व सभामुखविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरिएको थियो । प्रतिनिधिसभा विघटनको अदालतको विचाराधीन विषयलाई लिएर स्वतन्त्र न्यायपालिकाको कार्यसम्पादनमा अवरोध पुर्याएको उल्लेख गर्दै उक्त मुद्दा दायर गरिएको छ ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।

त्यस्तैगरी, अधिवक्ता राजाराम घिमिरेले पूर्वसभामुख दमनाथ ढुङ्गानाविरुद्ध र अधिवक्ता लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायामाझीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् ।

प्रतिक्रिया