सुनको मूल्यमा १ सय घट्याे, ताेलाकाे कति?


काठमाडौं – बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ । मंगलबारको तुलनामा बुधबार तोलामा नै ७ सय रुपैयाँले घटेको सुन बुधबार भने तोलामा एक सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन तोलामा ९२ हजार रुपैयाँ मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार तोलामा ९२ हजार एकसय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने छापावाला सुन तोलामा ९२ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ९१ हजार पाँच सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा पाँचले घटेको छ ।

तोलामा बुधबार एक हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार भने एक हजार २ सय ४५ रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया