विश्वकै नवौं प्रदूषित शहर काठमाडाैं, फेरि बढ्याे प्रदुषण


काठमाडौं – काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरि बढेको छ । गत महिना काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) विश्वकै सबैभन्दा बढी ४८७ भएपछि विश्वकै एक नम्बर प्रदूषित शहर बनेको थियो । क्रमशः विस्तारै घट्दै गइरहेको भए पनि बिहीबार बिहान फेरि बढेको छ ।

आज बिहान काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरि बढेसँगै काठमाडाैं अहिले विश्वकै नवौं प्रदूषित शहर बनेको छ । बिहीबार बिहान ९ः१९ बजेको काठमाडौंको एक्यूआई १८२ रहेको छ । कीर्गिस्तानको बिश्केक ४७३ एक्यूआईसहित पहिलो स्थानमा छ ।

पाकिस्तानको कराँची २५३, भारतको दिल्ली २४१ र बंगलादेशको ढाका २३९ सहित क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छ । दक्षिण एसियाली राष्ट्रहरू नेपाल, भारत, पाकिस्तान र बंगलादेश सबैभन्दा धेरै प्रदूषित देखिएका छन् ।

प्रतिक्रिया