आईफोन र आईप्याड तत्काल अपडेट गर्न एप्पलको आग्रह


काठमाडौं – एप्पलले आइफोन र आइप्याड प्रयोगकर्तालाई छिटो भन्दा छिटो आफ्नो फोन अपडेट गर्ने सुझाव दिएको छ । एप्पलले मंगलबार आईओएस, आईप्याड र टीभीओएसको नयाँ भर्सन सार्वजनिक गरेको छ ।

एप्पलको अपरेटिंग सिस्टम लाई ह्याकरहरुले आक्रमण गरेको र प्रयोगकर्ताको सूचना जोखिममा भएको कारण सेक्युरिटी बग्सलाई ठिक गर्न अपडेट गर्नुपर्ने बताएको छ । हाल प्रयोगमा रहेको अपरेटिङ सिस्टममा तीन वटा कमजोरी रहेको भन्दै एप्पलले तत्कालै नयाँ भसर्न अपडेट गर्न प्रयोगकर्तालाई आग्रह गरेको छ ।

यसअघि अज्ञात अनुसन्धानकर्मीले उक्त बग पत्ता लगाएका थिए । सो बगको विषयमा एप्पलले हालसम्म कुनै जानकारी बाहिर सार्वजनिक गरेको थिएन । तर, अहिले भने नयाँ ओएस अपडेटसँगै प्रयोगकर्तालाई तत्कालै अपडेट गर्न आग्रह गरिएको छ ।

अनुसन्धान अनुसार एप्पलका डिभाइसमा ह्याकरले सहजै रिमोट कोड पठाएर त्यसबाट डिभाइसलाई नियन्त्रणमा लिनेसम्मको समस्या रहेको छ । उक्त समस्याको समधान सहित नयाँ भसर्नको ओएस सार्वजनिक गरिएको एप्पलले जानकारी दिएको छ ।

प्रतिक्रिया