

माधव कुमार नेपाल र अमेरिकी राजदूत र्यान्डी बेरी बीच भेटवार्ता

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरी बीच भेटवार्ता भएको छ । मंगलबार विहान कोटेश्वर स्थित नेता नेपालको निवासमा भएको उक्त भेटमा समसामयिक राजनितिक विषयमा कुरा भएको जनाईएको छ ।
नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको राजदूत र्यान्डी बेरीले जानकारी दिए । उक्त भेटवार्तामा क्रममा दुवै पक्षले साझा विषयमा आफ्ना धाराणहरु आदान–प्रदान गरेको जनाईएको छ ।

