टेकु अस्पतालका स्वास्थ्यकर्मीले लगाए काेराेना खोप, आज १२ हजारले लगाउने


काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाइ पहिलाे खाेप लगाएर नेपालमा खाेप अभियान सुरू भएकाे छ । उनी पछि प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनीहरुले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका हुन् । यस अस्पतालमा आज ४०० जनालाई खोप लगाइने जनाइएको छ ।

कोरोनाविरुद्धको खोप सुरक्षित रहेको सन्देश दिन पहिलो खोप आफुले लगाएको डा. राजभण्डारीले बताएका छन् । कोरोनाविरुद्धको खोप लगाउन पाउँदा भाग्यमानी महसुस गरेको डा. बास्तोलाले बताएका छन् । खोप लगाउन थालेपछि नेपालमा कोभिडसँग लड्न नयाँ रणनीति तयार भएको उनले बताए ।

नेपालमा आजदेखि कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । अग्रपंतिमा रहेर काम गरेका चार लाखभन्दा बढी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारीलगायतलाई पहिलो चरणमा खोप लगाइँदै छ ।

खोपको पहिलो दिन १२ हजार जनालाई खोप लगाइने स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले जानकारी दिएका छन् । पहिलो चरणको खोप अभियान १० दिनमा सकिने मन्त्री त्रिपाठीले बताएका छन् ।

प्रतिक्रिया