

चाइना साउदर्नको ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ नियमित उडान भोलिदेखि

काठमाडौं – चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान गर्ने भएको छ ।
एक वर्षपछि यो रुटमा पुनः उडान सुरु गर्न लागेको हो । मंगलबारदेखि दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज काठमाडौंबाट भने २ः४० मा उड्नेछ । यसले सुरुमा प्यासेन्जर मात्र बोक्ने जनाएकाे छ । साथै ट्रान्जिट उडानका यात्रु समेत नबोक्ने कम्पनीले जनाएको छ ।

