दोलखाका १० मतदान केन्द्रमा १५ गते पुनः मतदान


दोलखा – दोलखाका विवादित १० मतदान केन्द्रहरूमा फेरि चुनाव गरिने भएको छ।

निर्वाचन व्यवस्थापन समितिको बैठकले यसअघि रद्द गरिएका केन्द्रमा मंसिर १५ गते फेरि चुनाव गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जनाए ।

दोलखाका १० मतदान केन्द्रमा बुथ कब्जा भएको निष्कर्ष आयोगको थियो। मंसिर ४ को चुनावमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै नेकपा एमालेले उजुरी दिएपछि निर्वाचन आयोगको टोली दोलखा पुगेर अध्ययन गरेको थियो।

यसपछि आयोगले विवादित केन्द्रमा पुनः मतदान गराउन निर्देशन दिएको थियो ।

वैतेश्वर गाउँपालिका २ जनज्योति माविका क र ख केन्द्र, वडा नम्बर ३ को कालिढुंगा मावि क, ख र ग केन्द्र, ६ को वैतेश्वर मावि क, ख र ग केन्द्र, तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवनमा रहेका क र ख केन्द्र गरी १० केन्द्रमा पुनः मतदान गर्ने निर्णय आयोगले गरेको थियो।

प्रतिक्रिया