नेकपा एकता राष्ट्रिय अभियान घोषणा हुने, ओली र प्रचण्डलाई बामदेवको निम्तो


काठमाडौं– दुई समूहमा विभक्त भइसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको अभियान बुधबार उपाध्यक्ष बामदेव गौतमले घोषणा गर्ने भएका छन्।

ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणाको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिइएको छ।

५ पुसमा प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजित अवस्थामा छ । दुवै पक्षले एकअर्का पक्षका नेताहरुलाई कारबाही गर्ने, संगठन पुनर्गठन गर्ने र देशव्यापी सभा गर्दै गालीगलौजमा उत्रिएका बेला गौतमले यो अभियान सुरु गर्न लागेका हुन्।

प्रतिक्रिया