सोमबार विश्व शहर दिवस र विश्व शहरी दिवस मनाइने


काठमाडाैं – सोमबार विश्व शहर दिवस २०७९ र विश्व शहरी दिवस २०७९ मनाइने भएको छ । दिगो विकासका लागि स्थानीय प्रयास मूल नारासहित शहरी विकास तथा भवन निर्माण विभागले विश्व शहर दिवस २०७९ र विश्व शहरी दिवस मनाइने २०७९ मनाउन लागेको हो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पिताम्बर शर्माले कि नोट स्पिच दिनेछन् भने यूएन ह्याविटेडका प्रोग्राम म्यानेजरले यूएनको सन्देशसहित मन्तव्य दिनेछन् ।

त्यस्तै, कार्यक्रममा बागमती नगरपालिकाका प्रमुख, भक्तपुर नगरपालिका प्रमुख युनिभर्सिटी अफ लन्डनका प्रोफेसर डा. मार्क पिलिङबाट प्रस्तुति र छलफल हुने कार्यक्रमका संयोजक पद्यकुमार मैनालीले जानकारी दिए ।

प्रतिक्रिया