

ठिमीमा गाडी र मोटरसाइकल जुध्दा १ को मृत्यु, एक घाइते

भक्तपुर — भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो ।
शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका–६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३–०१–०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल जुधेका थिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–७ गोलमाडीका ३२ वर्षीय सुनिल ग्वाछा घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
गाडीका चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

