देशभर २९४२ जना नयाँ संक्रमित थपिए


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै हालसम्म देशभर संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।

अहिलेको अवस्थामा देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १४ हजार ८ सय ७५ जनाको पीसीआर परिक्षण गरिएको छ । 

काठमाडौंमा १४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० जना गरी पछिल्लो २४ घन्टामा उपत्यकामा १६९८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २३२६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ९२ हजार १ सय ६६ रहेको छ ।

प्रतिक्रिया