

गृहमन्त्री खाँणको हार निश्चित, विजयी र्यालीको तयारीमा प्रतिष्पर्धी

रुपन्देही – रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग पछाडि परेका खाँणको हार निश्चित भएको हो ।
करिब २५ सय मतगणना हुन बाँकी रहँदा बोहोराले २८ सयको अग्रता बनाएका छन् ।
अब सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि जित्ने अवस्था छैन । बोहोराका समर्थकहरुले विजयी र्यालीको तयारी समेत गरिसकेका छन् ।

