

इलाम-२ मा नेम्वाङसँग मतान्तर घटाउँदै डम्बर खड्का

काठमाडौँ – इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ ३९० मतान्तरले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार नेम्वाङले २७ हजार २५६ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २६ हजार ८६६मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाले १२ सय ६३ मत प्राप्त गरेका छन्।

