सागर ढकाल भन्छन्, ‘डडेलधुरामा काम सुरू गरिसकेको छु, ५ वर्ष रोलमोडल बनेर संसदबाहिर प्रस्तुत हुन्छु’


काठमाडौं — सागर ढकालले काम सुरु गरिसकेको बताएका छन् । डडेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवासँगै चुनावै मैदानमा उत्रिएका ढकालले देउवासँग पराजित भए पनि डडेलधुराका लागि काम सुरु गरिसकेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् आफूले डडेलधुराको विकासका काम सुरु गरिसकेको बताउँदै फस्र्ट नभए पनि काम गर्न सकिन्छ भन्ने कुराको रुपमा आफूले प्रमाणित गरेर देखाउने बताएका छन् ।

उनले अगाडि लेखेका छन्, ‘अब मैले काम शुरु गरिसकेको छु। डडेल्धुराको केन्द्रिय अस्पतालमा त्यहाँका डाक्टरहरुसँग के गर्न सकिन्छ भन्ने सानोतिनो छलफल भएको छ। जित्ने पो १६५ हुन् , दोस्रो तेस्रो हुने त हजारौँ छन् । फस्ट नभएपनि पनि कति काम गर्न सकिँदो रहेछ भनेर एउटा मोडेलको रुपमा म संसद बाहिर प्रस्तुत हुनेछु।  संसद बाहिर भएका प्रतिद्वन्धी मध्ये नेपालभरि टप टेनमा‌ पर्न ५ बर्ष कडा मेहनत गर्नेछु। म सजग छु, मैले चाल्ने हरेक पाइलाले २ करोड युवा सँगसँगै समग्र नेपालीको प्रतिनिधित्व गर्नेछ। म व्यक्ति सागर भएको छैन अब युवाको ठुलो सागर भएको छु। देशभरिबाट गर्नुभएको माया सद्भाव र विश्वास टुट्न दिने छैन । बिस्तृत योजना २÷३ महिनामा बनाउने छु। डडेल्धुरा, सुदुर पश्चिमसँगै देशको मुद्दा उठाउनेछु।’

प्रतिक्रिया