पछिल्लो २४ घण्टामा थप ६ कोरोना संक्रमितको मृत्यु, ३०३ जना कोरोना संक्रमण


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंललबार २८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ।

हाल देशभर ३ हजार २ सय ५२ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ४ हजार ५ सय ७४ पीसीआर परीक्षण भएको छ।

प्रतिक्रिया