


खुमबहादुर पुत्र अनुराग बने दाङ-१ (ख) बाट प्रदेशसभा सदस्य

दाङ — दाङ क्षेत्र नम्बर १ (२) मा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय अनुराग खड्का निर्वाचित भएका छन्।
अनुरागले १६ हजार २ सय २२ मत प्राप्त गरेका छन्। उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गरे।
खड्काले केसीलाई ३ हजार ५२ मत अन्तरले पराजित गरेका हुन्। यो निर्वाचन क्षेत्रमा कुल ३८ हजार ५ सय ९२ मत खसेको थियो। खत्री लमही नगरपालिकाका यसअघिका मेयर हुन्। अनुराग खुमबहादुर खड्काका छोरा हुन्। खुमबहादुरको निधनपछि अनुराग राजनीतिमा लागेका थिए। बुवाकै योगदानको जगमा उनले चुनाव जितेका छन्।

