दार्चुला प्रदेशसभा १ मा गठबन्धनका धामी विजयी


काठमाडौंं – प्रतिनिधिसभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलाको १ प्रदेशसभा १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार विक्रम सिंह धामी विजयी भएका छन् । धामीले १५ हजार एक सय २७ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका हरदेव जोशीले १३ हजार चार सय ५१ मत प्राप्त गरेका थिए ।

साथै, स्वतन्त्र उम्मेदवार शङ्कर सिंह धामीले एक हजार चार सय १८ मत ल्याएको थिए । दार्चुलाको प्रदेशसभा १ मा ५१ हजार ४७ मतदाता रहेकोमा ३१ हजार पाँच सय ४२ मत खसेको थियो । जसमध्ये एक हजार एक सय ३४ मत बदर भएका थिए ।

प्रतिक्रिया