

उदयपुर १ (ख) मा हिमाल कार्कीको अग्रता

उदयपुर – उदयपुर १ (ख) को मतगणना सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले अग्रता कायम गरेको छ । उनले ६६९३ मत प्राप्त गरेका छन् ।
कार्कीका प्रतिद्वन्द्वी एमालेका ईश्वरमणि राउतले ५५९८ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार १५११९ मतगणना भएको छ । साे क्षेत्रमा ३७ हजार ३२१ मत खसेको छ ।

