चितवन-२ मा अग्रता बढाउँदै रवि लामिछाने


चितवन – चासोका साथ हेरिएको चितवन-२ मा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् । सोमबार दिउँसोदेखि भएको गणनामा पछि परेका रविले मंगलवार दिउँसोबाट अग्रता लिन थालेका हुन् ।

पछिल्लो अपडेटअनुसार रविले पाँच हजार ५४२ मत पाएका छन् । उनलाई नेकपा एमालेका कृष्णभक्त पोखरेलले चार हजार २९१ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठ तीन हजार ७२२ मतसहित तेस्रो स्थानमा छन् । चितवन– १ मा पनि रविको पार्टीका हरि ढकालले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया