

मतगणना चलिरहँदा गगन थापा पुगे फिल्म हल

काठमाडौं – काठमाडौं क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका गगन थापा मतगणना भइरहेकै बेला फिल्म हेर्न पुगेका छन् ।
धेरै दिनपछिको दौडधूपपछि आजको दिनलाई फुर्सदको दिन भन्दै थापा श्रीमतीसहित फिल्म हल पुगेर फोटो सार्वजनिक गरेका हुन् ।
मतगणना भइरहेको अवस्थामा अहिले गगन थापा प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईभन्दा ४४४ मतले अगाडि रहेका छन् ।
पछिल्लो मत परिणामअनुसार थापाले २ हजार २५ र प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १५८१ मत ल्याएका छन्।
अहिलेसम्म ४ हजार २ सय १६ मत गणना भइसकेको छ ।

