

‘लोकतन्त्र पक्षधरले निर्वाचनको विरोध गर्दैनन्’

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन लोकतन्त्रको प्राण भएको बताएका छन् । यसको विरोध गर्नु लोकतान्त्रिक मान्यता विपरीत भएको समेत बताएका छन् । मंगलबार ६९ औं भन्सार दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
लोकतन्त्र पक्षधरले निर्वाचनको विरोध नगर्ने पनि बताए । सबैजनालाई निर्वाचनमा लाग्न उनले आग्रह गरे । उनले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने बताए । ‘खोपको सेवा खण्डित हुँदैन, सबै नागरिकमा निःशुल्क पहुँच हुनेछ,’ उनले भने ।
‘लोकतन्त्रमा विश्वास गर्नेले निर्वाचनको विरोध गर्दैनन्,’ मन्त्री पौडेलले भने ।

