भक्तपुर २ मा सदर र बदर मतको विषयमा विवाद, रोकियो मतगणना


काठमाडौँ – भक्तपुर क्षेत्र नं। २ मा सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको छ ।

आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएकोमा निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।

४ मंसिरमा भक्तपुर–२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । हिजो मतदान सकिएपछि गए राति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भएको थियो ।

भक्तपुर–२ मा नेपाली काँग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, जनता समाजवादीका दिलबहादुर तामाङ, राप्रपाका मोहन केसी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर रहेका छन् ।

प्रारम्भिक मत गणनामा काँग्रेसका थापाले अग्रता लिएका छन् । थापाले २ हजार २३० मत पाउँदा एमाले उम्मेदवार महेश बस्नेतले १ हजार ६३२ र राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।

प्रतिक्रिया