ललितपुर ३ मा एमालेको अग्रता कायमै, तोसिमाभन्दा पम्फा अगाडि


काठमाडौं — ललितपुर-३ को प्रारम्भिक मतगणनामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

एमाले उम्मेदवार अमृत खड्का झिनो अग्रता कायम गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की र नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले पछ्याइरहेका छन् ।

पछिल्लो अपडेटअनुसार पम्फाले तोसिमालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएकी छन् । अहिलेसम्म २४०० मतको गणना सकिँदा एमालेका खड्काले ७८४ मत ल्याएका छन् भने भुसालको ६९४ मत पुगेको छ । यस्तै स्वतन्त्र पार्टीकी तोसिमाको ६७३ मत छ ।

प्रतिक्रिया