

मतदानको अन्तिम समयमा बाजुरामा गोली चल्यो : एक जनाको मृत्यु, दुई घाइते

बाजुरा – बाजुराको त्रिवेणी नगरपालिका-७ नाटेश्वरीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि गोली चलेको थियो । प्रहरीको गोली लागेर २४ वर्षीय मनोज अयडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य दुई घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ । मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो ।

