


घोराही उपमहानगर प्रमुखको गाडी प्रहरीको नियन्त्रणमा

काठमाडौँ – दाङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रयोग गर्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मौन अवधिमा स्रोत साधनको दुरुपयोग गरी निर्वाचन प्रभावित पार्न खोजिएको आरोपसहित शनिबार घोराही-१७ का स्थानीयले मेयर चढ्ने रा १ झ १४५ नम्बरको गाडीको हावा खुस्काइ दिएका थिए। गाडीको हावा फालिदिएपछि गाडी स्थानीयले नियन्त्रणमा लिएका थिए।
उक्त गाडी जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । चुनाव प्रभावित पार्न उक्त गाडी प्रयोग भएको आरोप स्थानीयको छ।

