स्कुल बसले ठक्कर दिंँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु


चितवन – चितवनको रत्ननगरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रत्ननगरस्थित हरिहर मन्दिर अगाडि स्कुल बसले ठक्कर दिंँदा मोटरसाइकलमा सवार दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर १ बकुलहरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा सोलुखुम्बुको टापटिङ्ग– ५ बस्ने चालक अनिल मगर र पछाडि सवार धरान–९ का गौरव राई रहेका इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक प्रकाश शाहले बताएका छन्।

नारायणगढतर्फ जाँदै गरेको बा २ ख ५६७४ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई हरिहर मन्दिर अगाडि ठक्कर दिएको प्रहरी निरीक्षक शाहले जानकारी दिएको छा् । उनका अनुसार ठक्करबाट घाइते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया