दोलखाको सदरमुकाम चरिकोटमा विष्फोट


दोलाखा – दोलखाको भीमेश्वर नगरपालिकामा विष्फोट भएको छ । भीमेश्वर नगरपालिका–३ स्थित सातदोबाटोमा विष्फोटको आवाज आएपछि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।

भीमेश्वर नगरपालिकास्थित सातदोबाटोस्थित फोहोर फाल्ने ठाउँमा विष्फोटको आवाज सुनिएको दोलखाका डीएसपी गंगा पौडेलले बताए । घटनास्थलमा तार वा बमको टुक्रा फेला परेको छैन । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पौडेलले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानको ४ दिन अघि देशका विभिन्न ठाउमा निर्वाचन विथोल्ने किसीमका क्रियाकलाप भइरहेको छ । आजै सत्ता गठबन्धनको चुनावी सभास्थल भोजपुरमा पनि बम विस्फोर्ट भएको छ । उक्त सभालाई माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागायत नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको थयो ।

त्यस्तैगरी आजै चितवन क्षेत्र नं २ का उम्मेदवार राज्यमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठको निर्वाचन प्रचार प्रसारमा रहेको गाडीस् तोडफोर्ड भएको थियो ।

प्रतिक्रिया